९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा दुई जना मृत भेटिए



४ पुस । काठमाडौं महानगरपालिका-२५ भेडासिंह डेरा गरी बस्ने भारतको पश्चिमबंगाल घर भएका ५१ वर्षीय बब्लु हल्देर कोठाभित्र मृत भेटिएका छन्। उनी बुधबार मृत भेटिएका हुन्। मृत भेटिएको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसैगरी काठमाडौं महानगरपालिका-३ बाँसबारीस्थित विलिङ्नेस अस्पतालको भान्सामा कार्यरत सिन्धुपाल्चोक घर भएकी ६० वर्षीया अम्बिका तिमिल्सेना पनि मृत भेटिउकी छन्।
उनी अस्पतालको अण्डरग्राउण्डमा रहेको पानी ट्याङकीभित्र बुधबार मृत अवस्थामा फेला परेकी हुन्। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।