२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नयाँबस्तीमा आगलागी हुँदा ४० लाख बढीको क्षति



६ पुस । काठमाडौं महानगरपालिका–६ नयाँबस्तीस्थित सिन्धुलीका ४५ वर्षीय मोहन कुमार श्रेष्ठको अनया इन्टरप्राइजेज रङ पसल र बुढानिलकण्ठ कपनका ४० वर्षीय नर्लिङ शर्माको राइडर ज्वाइन मोटरसाइकल पार्टस पसलमा विद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रङ पसलको १० लाख रूपैयाँ र मोटरसाइकल पार्टस पसलको ३० लाख रूपैयाँ गरी उक्त रूपैयाँ बराबरको धनमाल क्षति भएको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–२६ गोंगबु आवास क्षेत्र बस्ने ६९ वर्षीया ललिता पाण्डेको घरमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।