२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा व्यक्ति अपहरणको आशंकामा ४ जना पक्राउ



१५ पुस । एक व्यक्तिलाई अपहरण गरेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

अपहरण वा कुनै लेनदेन विवाद हो भन्नेबारे अहिले अनुन्धान भइरहेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

पीडित व्यक्तिले भने गत मंसिर १० गते आफूलाई अपहरण गरी साढे १३ लाख रुपैयाँ फिरौती लिएर छाडिएको दाबी गरेका छन्। रसुवा घर भएका एक व्यक्तिलाई एउटा समूहले नियन्त्रणमा लिएर रकम लिएको भन्ने बुझिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।