२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शिव शिखर सहकारीका बचतकर्ताले पैसा पाउन ३५ दिनभित्र मागदाबी गर्नुपर्ने



काठमाडौं
१९ पुस । शिव शिखर सहकारीका बचतकर्ताले पैसा पाउन ३५ दिनभित्र मागदाबी गर्न आह्वान गरिएको छ ।

शिव शिखर सहकारी संस्थाका बचतकर्तासँग सरकारले पाउनु पर्ने रकमको विवरण मागेको हो ।

सञ्चालकको मनोमानीले ठूलो रकम अपचलन भएपछि समस्याग्रस्त घोषित यस सहकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ३५ दिनभित्र मागदाबी आवेदन मागेको हो । आवेदनसँगै बचतकर्ताले सप्रमाण बुझाउन सूचना प्रकाशित गरिएको छ ।
क्रिव १० बर्षअघि धेरै व्याज दिने प्रलोभनमा बचत उठाएर सहकारीले कृषि सपिङ सेन्टरलगायतमा लगानी गरेको थियो ।
सहकारीले समयमा पैसा फिर्ता नगर्दा काठमाडौंमा का १ हजार १ सय ४५ जनाको ७८ करोड १९ लाख ६३ हजार रुपैयाँ बराबरको रकम अपचलन गरेको उजुरी परेको थियो । उजुरीपछि प्रहरीले ७८ करोडक बिगोको मुद्दा चलाएको छ ।

बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोपपछि सहकारीका अध्यक्ष केदारनाथ शर्मा फरार भएका थिए । सहकारीमा समस्या आएपछि भागेर भारत पुगेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गत असारमा भारतबाट पक्राउ गरेर ल्यायो ।

उनी अहिले काठमाडौं जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा छन् । शर्मासहित डेढ दर्जन पदाधिकारी र व्यवस्थापन कर्मचारीविरुद्ध मुद्दा चलाइएकोे छ ।
यस सहकारीका पदाधिकारीले ३६ वटा शाखा कार्यालयबाट करिब १४ अर्ब रुपैयाँ ठगी गरेको सीआइबीको निष्कर्ष छ ।

ललितपुर शाखाका सेयर सदस्य रहेका ६ हजार १ सय २३ सर्वसाधारण ठगिएका छन् । उनीहरूको ४९ करोड ३ लाख ७८ हजार रुपैयाँ संस्थामा बचत छ। भक्तपुरका २७ हजार २ सय ५३ सेयर सदस्यको १ अर्ब ७१ करोड २८ लाख रुपैयाँ डुबेको छ। प्रहरीका अनुसार उक्त सहकारीका देशभर १ लाख ६८ हजार ७ सय २५ सदस्य रहेको देखिएको छ।

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।