४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लाहानमा बहुला स्यालले टोक्दा त्रास


२१ कार्तिक २०७६, बिहिबार  

0
Shares


महेश सिंह
१९ कार्तिक ०७६, सिरहा । सिरहाको लहान नगर पालिका वडा नम्बर ४ मा मंगलवार बिहान बहुला स्यालले गाउँका १६ जनालाई टोकेपछि पुरै गाउँ आतंकित छ । सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निस्केको बहुला स्यालले लहान नगरपालीका ४ कुमहालटोल मा १६ जना स्थानीयबासीलाई टोकेपछि गाउँ नै त्रसित बनेको हो ।
एकाबिहानै गाउँका महिला र पुरुषहरू सौचका बाहिर निस्केको बेला सेतो रंगको बहुला स्याल पसेको स्थानीयबासी बताउछन् । । घाईते हुनेमा ७० वर्षिय रामबालक पण्डित,४५ वर्षिय सोनाई मेस्तर, ५ वर्षिय मो. रेहान, ५५ वर्षिय गुलाब देबि महतोलगायत घाइते छन् । समान्य घाइते हुनेमा संन्जु देबि महतो, प्रदीप महतो, सुरज कुमार दास, नन्दनी मेस्तर,रबिना कुमारी मेस्तर, संजीव कुमार दासलगायत रहेको वडा अध्यक्ष रामनाथ पण्डितले बताए ।
सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय लहानका डि.सपी भेशराज रिजाल र सशस्त्र क्यामप लहानका सशस्त्रका डि.सपी अर्जुण सापकोटा घटना स्थल पुगेको बताएका छन् । घाइते सबै जनाको लहान अस्पतालमा उपचार भई रहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहाले जानकारी दिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  १० : ३३ बजे