१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ग्वार्को चोरीमा संलग्न आरोपीको बैंक खातामा ३४ लाख भन्दा धेरै रकम मौज्दात



२७ पुस । ललितपुरको ग्वार्कोबाट मंसिर २७ मा दुई जना चोरीमा संलग्न मकवानपुर घर भएका ३७ वर्षीय वीर बहादुर वाइबा र ३७ वर्षका राम कृष्ण लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दुई जना मिलेर चोरी गर्ने उनीहरूलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । अदालतको आदेश अनुसार दुवै जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।
चोरीमा संलग्न कसुरमा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरूको खातामा लाखौँ रकम मौज्दात रहेको भेटिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी घर भएर बालकुमारी बस्दै आएका वीर बहादुर बाइवाको खातामा ३४ लाखभन्दा बढी मौज्दात भेटिएको छ ।
एभरेस्ट बैंक लिमिटेड र ग्लोबल आइएमई बैंकमा बाइवाले सो रकम जम्मा गरेका हुन् ।
अस्वाभाविक रकम मौज्दात भेटिएपछि वीर बहादुरबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको छ । ललितपुर महानगरपालिका–१५ स्थित मदन सिलवालको घरमा असोज ८ मा चोरी भएको थियो । सिलवालको घरबाट १५ लाख ९५ हजार बराबरको धनमाल वीर बहादुर र रामकृष्णले चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।