२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अध्यागमनका कर्मचारी र प्रहरीबीच कुटपिटबारे छानबिन गर्न समिति गठन



१२ माघ । अध्यागमनका कर्मचारी र प्रहरीबिच कुटपिट भएको घटना सार्वजनिक भएपछी कुटपिटबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जि.सी. सदस्य रहेका छन् ।

घटनाबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । छानबिन समितिलाई ३ दिनमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।