१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मापसे गरी सवारी चलाउने ३९ हजार बढी चालक कारबाहीमा



१७ माघ । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जनामाथि कारबाही गरेको छ । यो नेपाल प्रहरीले आर्थिक वर्ष २०८०/०८१ को गत साउनदेखि पुस महिनासम्म तथ्याङ्क हो ।

यसैगरी सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २ सय ४२ जना पनि कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मापसेबाट गरिएको कारवाहीबाट कुल ३ करोड ९९ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको प्रहरीको भनाइ छ ।

गलत प्रवृत्तिलाई निरुत्साहित र मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी सफल कार्यान्वयन गर्दै प्रभावकारी रूपमा काम गर्दै आएको छ ।

यस आर्थिक वर्षको ६ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा १८ हजार ६२७ जना, कोशी प्रदेशमा २ हजार ५२४ जना, मधेश प्रदेशमा २ हजार २१ जना, बागमती प्रदेशमा १ हजार ९८ जना, गण्डकी प्रदेशमा ८ हजार ९२३ जना, लुम्बिनी प्रदेशमा २ हजार ७७३ जना, कर्णाली प्रदेशमा १ हजार २६४ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ४२ जना कारबाहीमा परेका छन् ।

मापसे गरी सवारी चलाउने मात्र होइन मापसे गरी बाटोमा जथाभाबी हिँड्नेहरूको कारण पनि सवारी साधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको छ ।

सो अवधिमा कारबाहीमा पर्नेहरूबाट काठमाडौँ उपत्यकामा १ करोड ८६ लाख २७ हजार रुपैयाँ, कोशी प्रदेशमा २५ लाख ३९ हजार ५ सय रुपैयाँ, मधेश प्रदेशमा २० लाख ४२ हजार ५ सय रुपैयाँ, बागमती प्रदेशमा ११ लाख १७ हजार रुपैयाँ, गण्डकी प्रदेशमा ९५ लाख ६८ हजार रुपैयाँ, लुम्बिनी प्रदेशमा २७ लाख ७३ हजार रुपैयाँ, कर्णाली प्रदेशमा १२ लाख ६० हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी सो अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा ८१ जना, कोशी प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ८८ जना, लुम्बिनी प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा २५ जना कारबाहीमा परेका छन् । मधेश, बागमती र कर्णाली प्रदेशमा कारबाही सङ्ख्या शून्य छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ३ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।