१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चोरी भएर अमेरिका पुगेका चार कलाकृति फिर्ता



१७ माघ । नेपालबाट चोरी भएर अमेरिका पुगेका चार वटा ऐतिहासिक कलाकृति फिर्ता भएका छन्।अमेरिकाका बिभिन्न संग्रहालयमा राखिएका चार वटा कलाकृति फिर्ता आएको पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताइन्। विभागका अनुसार फिर्ता भएका कलाकृतिमा तामाबाट निर्मित भैरवका दुई मुखुण्डा रहेका छन्। यी सोह्रौं शताब्दीमा बनेका हुन्।

दोलखाको भिमेश्वर नगरपालिका(२ स्थित गुरकोट टोलबाट २०५० फागुन २२ मा चोरी भएका थिए। बिभिन्न माध्यमबाट अमेरिकाको डल्लास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा पुगेका थिए।

यस्तै, प्रस्तरबाट निर्मित उमामहेश्वरको मूर्ति पनि फिर्ता आएको छ। सोह्रौं शताब्दीमा निर्मित यो मूर्ति पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि १९९० को बीचमा चोरी भएको थियो। यो मूर्ति ब्रुकलिन संग्रहालय पुगेको थियो।

यसैगरी, प्रस्तरकै दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरुप शिवलिङ रहेो स्थानबाट चोरी भएको थियो। यो अठारौं शताब्दीमा बनेको थियो।

यी कलाकृति बिभिन्न संघसंस्था तथा पुरातत्व विभागको पहलमा पिर्ता भएका हुन्। अहिलेसम्म अमेरिकाबाट ७२ ऐतिहासिक कलाकृति फिर्ता भएका छन्। त्यस्तै, अमेरिकासहित बिभिन्न देशबाट १४५ वटा कलाकृति फिर्ता भएको विभागकी महानिर्देशक प्रधानाङ्गले जानकारी दिइन्।

पछिल्लो चार वटा कलाकृति फिर्ता ल्याउन अमेरिकाका सरकारी निकायले सहयोग गरेको विभागले जनाएको छ। यससँगै न्यूयोर्कस्थित नेवाः गुठीले आर्थिक सहयोग गरेको थियो।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।