६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरका समन भेले लागुऔषधसहित पक्राउ



१९ माघ । प्रहरीले भक्तपुरबाट लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नम्बर–४ बस्ने समन भेले छन् ।
२४ वर्षीय समनलाई प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।

आरोपीको साथबाट प्रहरीले नुफ्रिन ५ थान, डाइजेपाम ४ थान र फेनारगन ३ थान बरामद गरेको छ । स्कुटरमा सवार आरोपीलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १२ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।