१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका सडकमा एक हजार २६ वटा स्मार्ट लाइट जडान, एक सय ७७ वटा नयाँ पोल



२२ माघ । काठमाडौं महानगरपालिकाले एक हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । महाराजगन्ज–लैनचौर–जमल खण्डमा तीन सय १८ वटा, महाराजगन्जको प्रहरी तालिम केन्द्र-बालुवाटार-नक्साल हुँदै माइतीघर मण्डलासम्म तीन सय ६३ वटा, कमलपोखरीदेखि गौशालासम्म एक सय ८१ वटा, त्रिपुरेश्वर-थापाथली-माइतीघर मण्डलासम्म ७६ वटा, चाबहिल-बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएका हुन् ।

यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः तीन सय ४०, तीन सय ७४, एक सय ९०, ७६ र ९२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो । महानगरपालिकाका इलेक्ट्रिकल इन्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको हो । पौडेलका अनुसार फराकिलो सडकमा एक सय २० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।
यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन् । यसका लागि एक सय ७७ वटा पोल प्रयोग भएका छन् । बिजुली जडान गर्न ३० हजार सात सय १० मिटर तारको प्रयोग भएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।