६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर जिल्ला अदालतले सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएपछि…



२३ माघ । ललितपुर जिल्ला अदालतले एक सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएको छ । अंश मुद्दाका लागि अदालत पुगेका धरानका सेवाग्राहीलाई च्यातिएको पाइन्टमा भित्र पस्न नपाइने भन्दै पाइन्ट खोल्न लगाएर भित्री ट्राउजरमा अदालतमा प्रवेश गराएको अधिवक्ता दिनेश राज सत्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले आफ्नो क्लाइन्ट रहेका सेवाग्राही प्रतिउत्तर फिराउने म्यादका लागि आएको र म्याद सकिनै लागेको भनेर अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईसँग अनुरोध गरे पनि उनले घर गएर पाइन्ट फेरेर आउन भनेको अधिवक्ता सत्यालले उल्लेख गरेका छन् ।

उनले सेवाग्राहीलाई अर्को पाइन्ट किन्न सकिन्छ अहिले भनेर सोध्दा अहिले त किन्न सकिँदैन भन्ने उत्तरपछि आफू किंकर्तव्य विमुढ बनेको बताएका छन् । ‘मैले सेवाग्राहीलाई सोधेँ -अर्को पाइन्ट किन्न सकिन्छ अहिले ? अहिले त किन्न सकिँदैन सेवाग्राहीको उत्तर थियो । म किंकर्तव्य विमुढ थिएँ’ उनले भनेका छन् ‘भित्र ट्राउजर छ प्रहरी कर्मचारीको प्रश्न थियो । हजुर भित्र ट्राउजर छ पाइन्ट खोल्नुहोस् अनि ट्राउजर लगाएर भित्र जानुहोस् । हे भगवान् अन्तिममा त्यही भयो । भित्री ट्राउजर लगाएर अदालत छिर्दा अमर्यादित पोशाक भएन । के यो सही हो ?’

सत्यालले आफ्नो १८ वर्ष वकालतमा भट्टराईजस्ता स्रेस्तेदार पहिलो पटक भेटेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।