२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नैकापमा प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु



२६ माघ । काठमाडौंको नैकापमा प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको घटना छानबिनका लागि समिति बनेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको कमाण्डमा तीन सदस्यीय समिति बनाएको हो।
समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र काठमाडौं परिसरका डीएसपी अनिल अधिकारी सदस्य छन्।

बिहीबार राति साढे ११ बजेतिर भ्यानको पछाडी रहेका सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो।

नैकापको पुल नजिकै उनी भ्यानको पछाडीबाट खसेर गम्भीर घाइते भएका थिए। तत्काल उपचारका लागि मेड पोइन्ट अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि एपिएफ अस्पताल बलम्बु लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो।

बलम्बु प्रहरी प्रभागको बा १ झ ७४१८ नम्बरको प्रहरी भ्यानमा ७ जना डीयूटी गर्न गएका थिए। तर डीयूटी सकेर फर्किने क्रममा नैकापको पुल नजिकै उनी भ्यानबाट खसेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

३५ वर्षीय सहायक हवल्दार एलजी सुर्खेत गुर्भाकोट नगरपालिका १२ सुवाकोट घर भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत थिए।

उनको शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।