१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोल घटनाः छोरा छोरीको हत्यापछि रविना घरको तेस्रो तलाबाट हाम फालेको प्रहरीको निष्कर्ष



२८ माघ । ललितपुर महालक्ष्मी नगरपालिका–३ इमाडोलस्थित ओचुहाइटमा शनिवार रविना महर्जन घरको तेस्रो तलाबाट हाम फालिन् । प्रहरीले उनको उद्धार गरेर घरभित्र जाँदा दुई जना बच्चाबच्ची पनि अचेत अवस्थामा भेटिए । तीनै जनालाई ग्वार्कोस्थित किष्ट अस्पताल लगिएपनि चिकित्सकहरूले मृत घोषणा गरे ।

रविनाले हाम फालेर आत्महत्याको बाटो रोजेको घर उनको आफ्नै हो । ३६ वर्षीया रविनाले दुई जना नाबालकको हत्या गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनका ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवा छुट्टाछुट्टै कोठामा अचेत अवस्थामा भेटिएका हुन् ।

रविनाले बच्चाहरूको हत्या गरेर आत्महत्या रोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले बताए । आमा र छोराछोरीको शव पाटन अस्पतालमा पोस्टमार्टम हुँदै छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।