४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी नामावली सार्वजनिक गरिदै


२४ कार्तिक २०७६, आइतबार  

0
Shares

२४ कार्तिक ०७६, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूको अन्तिम नामावली आज सार्वजनिक गर्ने भएकाे छ।

प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थिए ।

प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए, भने उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आयोगले शुक्रबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको थियो ।

आयोगले २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारहरूको नामावली प्रकाशन गरेकाे  थियाे  ।

आयोगले   उम्मेदवारी फिर्ता लिने समय दिएको   सकिएलगत्तै आइतबार अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको निर्वाचन आयोगले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : २१ बजे