११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेपलाञ्चोकमा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ



१५ फागुन । काभ्रेपलाञ्चोकमा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नं. ११ बस्ने २१ वर्षीय विष्णु भट्टराई रहेका छन् । गत फागुन ११ गते बनेपा नगरपालिका-७ स्थित चार दोबाटो चोकबाट दिउँसो पार्किङ गरेको स्थानबाट बा.प्र.०२-०२५ प ५५९५ नं. को रातो रङ्गको होण्डा डीयो कम्पनीको स्कुटर हराएको थियो । यसबारे इलाका प्रहरी कार्यालय बनेपामा सूचना प्राप्त हुन साथ सो क्षेत्र आस पासका सी.सी. क्यामेराको फुटेजको सूक्ष्म विश्लेषण तथा अनुसन्धान पश्चात् उक्त स्कुटर चोरी गरी लाने व्यक्तिको पहिचान गरिएको थियो ।

उनको खोजतलास गर्ने सन्दर्भमा फागुन १२ गते जिल्ला धादिङ थाक्रे गाउँ पालिका वडा नं. ६ महादेववेशीबाट धादिङ प्रहरीसँगको समन्वयमा उक्त स्कुटर चोरीमा संलग्न भट्टराई तथा चोरीको स्कुटरसमेत बरामद गरिएको थियो । उनलाई चोरी कसुरमा सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट दिन ५ (पाँच) को म्याद थप अनुमति भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।