११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कुलेखानी–फाखेल सडक खुल्यो, सतुङ्गल हुँदै कुलेखानी जोड्ने सडक बन्द



१६ फागुन । कुलेखानी–फाखेल सडक खण्ड आजदेखि खुलेको छ । स्तरोन्नतिका लागि गएको पुस १६ गतेदेखि यो सडक खण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड बाग्मती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्ग हो ।

यसैबीच, मकवानपुर भएर काठमाण्डौ जोड्ने अर्को छोटो दुरीको कुलेखानी–महालक्ष्मी खोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडकखण्ड मंगलबारदेखि एक हप्ताका लागि बन्द गरिएको छ । यो सडक खण्डमा रोलर ग्रेडर सहितको सबवेस राख्ने काम भैरहेकाले एक हप्ताका लागि गाडी सञ्चालनमा रोक लगाइएको इन्द्रसरोवर गाउँपालिका वडानम्बर ५ का वडाध्यक्ष दुतराज तितुङले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ५ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।