३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गोकर्णेश्वरमा सेफ्टी ट्याङ्करभित्र भेटियो लागू औषध, एक युवक पक्राउ



काठमाडौं
१७ फागुन । काठमाडौंको गोकर्णेश्वरमा सेफ्टी ट्याङ्करभित्र लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ५ जम्मुडाँडाबाट नियन्त्रित लागूऔषध विनसिरेक्स ४७५ बोतलसहित हरिवन नगरपालिका ३ ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको ना.८ ख २०२२ नम्बरको सेफ्टी ट्याङ्करलाई जाँच गर्ने क्रममा सिट मुनि उक्त परिमाणको लागूऔषध फेला पारी मोक्तानलाई पक्राउ गरेको हो
। साथै उक्त लागूऔषध ओसार पसारमा प्रयोग गरिएको ट्याङ्कर समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनी उपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : २८ बजे