२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ



२० फागुन । भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

फागुन १० गते तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर २ घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिइ आउनू भन्दै आफूलाई फोन आएको भनेर प्रहरी वृत्त जगातीमा सूचना दिएकी थिइन् ।त्यसपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा ११ गते भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर–८ स्थित रोदन बस्नेतको गोठमा निज गोपालप्रसाद ढकाल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

परिसरका प्रहरी निरीक्षक निर्मल थापाले घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का वर्ष २९ को सन्तोष सुवाल रहेको बताए । खोजतलासका क्रममा शनिबार उनलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको प्रहरीको भनाइ छ । सुवालको साथबाट मृतक ढकालको मोबाइल र ज्याकेट बरामद गरेको पनि प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।