११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा यसरी गरिँदैछ ट्राफिक ब्यवस्थापन



२४ फागुन । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पशुपति क्षेत्रमा आज राती देखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने छ ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पुर्ण चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध समेत गरे ।

आवश्यकता अनुसार डाईभर्सन गरिने स्थानहरु :
– चावहिलबाट गौशालातर्फ ।
– पुरानो बानेश्वरबाट गौशालातर्फ ।
– ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
– द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
– सिफल चौरबाट जयबागेश्वरीतर्फ ।
– लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
– गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
– तिलगंगाबाट गौशालातर्फ ।
– मालबावहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
– जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।
– सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
– जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।
तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यबस्थापन र डाईभर्सन गरिने छ ।

मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन
– कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडिवुटी, काँडाघारी हुँदै बौद्वतर्फ संचालन हुने,
– कोटेश्वर तिनकुने हुदैं पशुपति वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।
– महाराजगंज, चावहिल हुदैं पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
– कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

पार्किङ्गको व्यबस्थापन गरिएका स्थानहरु
– सिफल चौर (दर्शानार्थीहरुको)
– कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
– भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
– तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)
– वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
– गृहेश्वरी पारी (तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ५ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।