२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वैदेशिक रोजगार विभाग ताहाचलका नायब सुब्बा घुससहित पक्राउ



२९ फागुन । ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद निरौला मंगलबार पक्राउ परेका छन् ।
धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निरौलालाई पक्राउ गरेको हो ।
उनले सेवाग्राहीबाट पन्ध्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै उनको साथबाट श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसमेत बरामद भएको छ । उनीउपर थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  २ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।