२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बच्चा चोरी आभियोगमा सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा



४ चैत । गत फागुन ११ गते थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरी आरोपमा पक्राउ परेकी मानकुमारी सिंहविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइएको छ।

दैलेख घर भई काठमाडौं बस्ने सिंह घटनाकै राति पक्राउ परेकी थिइन्। प्रहरी प्रतिवेदनअनुरुप जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सिंहविरुद्ध उपचारका लागि अस्पताल लगिएकी काभ्रेकी सविना श्रेष्ठकी २६ दिने छोरीलाई चोरेको आरोपसहित सजाय माग गरिएको छ।

श्रेष्ठले अस्पताल परिसरमा समात्न दिएर बच्चाको रिपोर्ट लिन प्रशासनतिर गएका बेला सिंहले शिशु लिएर अस्पतालबाट फरार भएकी थिइन्। प्रहरीले सिंहलाई पेप्सीकोलास्थित कोठाबाटै पक्राउ गरेको थियो।
सिंहले प्रहरी समक्ष पटक पटक गर्भ खेर गएपछि आफू डिप्रेसनमा रहेका कारण आफ्नो दिमागले काम नगरेको बयान सरकारी वकिलसमक्ष दिएकी छन्।

अभियुक्त सिंहले बयानमा भनेकी छन्, ‘मेरो दिमागले काम नगरेकोले बच्चा बोकेर गएको हो। मैले जानीजानी २६ दिनको दूध खाने बच्चालाई अपहरण गरी लगेको होइन। बन्धक बनाएको पनि होइन। मेरो गर्भ बारम्बार बस्ने र खेर जाने गरेकोले म डिप्रेशनमा गएको छु। मैले बच्चाको आमा नभेटेपछि प्रहरी र अस्पतालमा खबर गर्नुपर्ने थियो, गल्ती भयो।’

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।