६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेयर गोपाल हमालकी छोरी भारतमा सकुशल फेला परिन्



१४ चैत । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सकुशल फेला परेकी छन्। आफ्नी छोरी भारतको गोवामा सकुशल भेटिएकी मेयर हमालले जानकारी दिएका छन्।

सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु,’ मेयर हमालले केही बेरअघि सामाजिक सञ्जालमा लेखेका छन्, ‘खोजी कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नुहुने सहयोगी नेपाली दाजुभाई दिदीबहिनीहरूसहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु। साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ सँगै भएको सम्पूर्णमा जानकारी गर्दछु।’

 

मंगलबार हमालले आफ्नी छोरी भारतको गोवा राज्यबाट बेपत्ता भएको जानकारी दिएका थिए।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।