११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सरस्वतीनगर बस्ने प्रशान्त पराङदेवा लिम्बु कटुवा पेस्तोलसहित पक्राउ



१६ चैत । काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ताप्लेजुङ फुङलिङ नगरपालिका-९ घर भएका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई कटुवा पेस्तोल १ थान, धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान र मोबाइल २ थानसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं कपनमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा शंकास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले लिम्बुलाई नियन्त्रणमा लिई उनको घर तलासी गर्दा उक्त हतियार फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।