२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेकपा एमाले ललितपुरले प्रतिनिधिसँग शुल्क उठाएर महाधिवेशनको खर्च जुटाउने



ललितखबर

२१ चैत्र । नेकपा एमालेले पार्टी प्रतिनिधिसँग शुल्क उठाएर जिल्ला अधिवेशनको खर्च जुटाउने भएको छ । बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष पुरूषोत्तम आचार्यले दिएको जानकारी अनुसार विभिन्न जनसंगठन र कमिटीहरूबाट छनाेट भएर आउने प्रतिनिधिसँग १ हजार लिइनेछ ।

जिल्ला अध्यक्ष आचार्यले जिल्लाको कमिटीहरूसँग समेत शुल्क उठाउने जानकारी दिए । नेकपा एमाले ललितपुरको नवौ अधिवेशन यही चैत्र २३ गतेदेिख २५ गतेसम्म इमाडोेलस्थित एक पार्टी प्यालेसमा हुँदैछ । अधिवेशनको शुभारम्भ पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन साँझ बन्दसत्र शुरू हुनेछ भने चैत्र २४ गतेबाट शुरू हुनेछ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम रहेको हुँदा निर्वाचनको मतदान विधुतीय मेसिनबाट हुने ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशनमा करिव ५ सय जना प्रतिनिधि सदस्यले नयाँ नेतृत्वको लागि मतदान गर्दैछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।