२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जय वागेश्वरीमा ९० सालको भूकम्पपछि हराएको ‘ग्वलः दे फल्चा’ खोजेर पुनरुत्थान शुरु



२१ चैत । वि. सं. १९९० सालको भूकम्पपछि हराएको जय वागेश्वरी नवाली टोलको ‘ग्वलः दे फल्चा’ खोजेर काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले पुनरुत्थानको काम सुरु गरेको छ । फल्चा पुननिर्माण गर्न आज वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जग पूजा तथा शिलान्यास गरे।

‘घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गर्ने निर्णय गरेका हौँ । शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनःनिर्माण ८७३ मा भएको उल्लेख छ । यसअनुसार फल्चा करिब ३२४ पुरानो हो’ संगतले भने, ‘स्थानीय पाका मानिसहरुका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो ।’

पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो । त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिन्छ । फल्चा पुनरुत्थानका लागि वडाले करिब १५ लाख रुपैयाँ खर्च गर्नेछ । फल्चा १४ फिट लम्बाइ र साढ ६ फिट चौडाइको हुनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।