
२७ कार्तिक ०७६,सिरहा । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिषकुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुबै जनालाई आ–आफ्नो घरमा लुकीछिपी बसी रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
त्यसैगरी पक्राउ परेका दुई जनालाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको छ ।







प्रतिक्रिया