२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतले अतिक्रमण गरेको क्षेत्रमा अनेरास्वयुले गाड्यो नेपालको झण्डा


३० कार्तिक २०७६, शनिबार  

0
Shares

तस्विर टीका खतिवडा

 

३० कार्तिक ०७६ फिक्कल । भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आज शनिबार नेपालको झण्डा गाडेको छ । इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो ।

पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो । त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध गर्दै आएको छ । अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलसँग सामान्य झडम भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ९ : ५३ बजे