१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर तपेश्वर वनको डढेलो निभाउने क्रममा घाइते एक जनाको मृत्यु



१८ वैशाख । ललितपुर गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगलागी निभाउने क्रममा दुई जना घाइते भएका थिए । घाइतेमध्ये एकको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा शङ्कर पहरी र रमेश पहरी थिए । उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये शङ्कर पहरीको मृत्यु भएको हो ।

यता ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ। ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाई छ। यस्तै डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।