६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा



२१ वैशाख । मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले उक्त दिन नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मातातीर्थ औंशीका अवसरमा हरेक वर्ष चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानस्थित मातातीर्थ कुण्डमा विशेष मेला लाग्नेगर्छ । त्यसैले दर्शनार्थीहरूलाई सहज होस् भन्ने उद्देश्यका साथ बिदा दिइएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १२ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।