२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुलिखेल जिपलाइनमा आमासँगै जिपलाइन गर्न जाँदा ५० प्रतिशत छुट



२६ वैशाख । धुलिखेल जिपलाइनले मातातीर्थ औंशीको अवसरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । आमाको मुख हेर्ने दिनको अवसरमा जिपलाइनले आमासँगै जाने छोराछोरी र आमालाई जिपलाइनमा ५० प्रतिशत छुट दिने भएको हो । छुट आमाले मात्रै खेल्दा सम्म पनि पाइने कम्पनीले जनाएको छ ।

छुट अफर बुधबारदेखि तीन दिनसम्म रहनेछ । वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालित जिपलाइनमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन सञ्चालन गरिरहेको छ ।

सुपरम्यान र टेण्डम जिपलाइन भने नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल पुगेर जिपलाइनमा रमाउन चाहने आमा तथा छोराछोरीले छुटको अवसर प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।