२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी मानव तस्करीको आरोपमा पक्राउ



२६ वैशाख । प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
कैलालीको गौरीगङ्गा नगरपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरीलाई मानव तस्करीको आरोपमा पक्राउ गरेर सार्वजनिक गरेको हो।
चौधरीले अमेरिका पठाइदिन्छु भन्दै केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानुपर्छ भनी भन्दै चारजना पीडितबाट पटकपटक गरी एक करोड १८ लाख ५९ हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।

निजले पीडितलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पु¥याएकामा त्यहाँको अध्यागमनले नक्कली कागजात भनी फिर्ता पठाएको, पीडितहरु नेपाल फर्केपछि पुनः दिल्ली पु¥याई होटलमा बन्धक बनाइएको र पीडितहरुले ३९ लाख बुझाएपछि होटलबाट मुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललेले जानकारी दिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका चौधरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उनले बताए।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।