१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आफ्नै श्रीमतीका गोप्य अंगका भिडिओ सार्वजनिक गरेको आरोपमा जडिबुटीबाट एक युवक पक्राउ



२८ वैशाख । आफ्नै श्रीमतीका गोप्य अंगका तस्बिर/भिडिओ सार्वजनिक गरेको आरोपमा काठमाडौँमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीमा रहँदा वाट्सएप कुराकानी गर्ने क्रममा श्रीमान्-श्रीमतीबीच आदानप्रदान भएका गोप्य अंग देखिने तस्बिर/भिडिओ सार्वजनिक गरेको आरोपमा मकवानपुरको छतिवन बकैया गाउँपालिका-७, चुलुङ्गा स्थायी घर भई हाल काठमाडौ–३२, जडिबुटीमा बस्ने २४ वर्षीय फुर्साङ रुम्बालाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो।

पीडितकी दिदीले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा पीडितका गोप्य अंग देखिने तस्बिर/भिडिओ फेक अकाउन्ट बनाई स्टोरीमा समेत अपलोड गरी पीडितका साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमा पठाउने व्यक्ति पीडितकै श्रीमान् भएको पत्ता लागेको ब्युरोले जनाएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।