११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अश्लील भिडियो बनाएर पैसा असुल्ने युवक नयाँ बसपार्कबाट पक्राउ



१७ जेठ । महिलाहरूसँग शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिचेर सार्वजनिक गर्ने धम्की दिँदै पैसा असुल्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ बस्ने ३० वर्षीय सन्तोष किसान रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको नयाँ बसपार्क बस्दै आएका किसानले सामाजिक सञ्जालमार्फत महिलाहरूसँग सम्पर्क गर्दै सम्बन्ध स्थापित गर्थे । त्यसपछि भेटघाट गरी विभिन्न प्रलोभन देखाई शारीरिक सम्बन्ध राख्थे ।

किसानले गोप्यरुपमा शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिच्ने गरेको अनुसन्धानका क्रममा पाइएको उपरीक्षक रेग्मीको भनाई छ । त्यसपछि उक्त फोटो र भिडियो पीडित महिलाको आफन्तहरूलाई पठाइदिन्छु भन्दै धम्की दिएर पैसा माग्थे । उनले महिलालाई पुनः शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य समेत पार्ने गरेका थिए ।
उपरीक्षक रेग्मीका अनुसार आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको उजुरीको आधारमा किसानलाई गत जेठ १४ गते काठमाडौँको कोटेश्वरबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।