११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना



१७ जेठ । बर्दिबासबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको गोलन्जोर वडा नं-७ मा दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५ः३० बजे आसपासमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बस सडकबाट १० मिटर तल खसेको थियो। बसमा २८ जना सवार थिए।

प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरी स्थानीय खुर्कोटको सुनकोशी सामुदायिक अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ। हाल प्रहरी घटनास्थलमा खटिइसकेको र उद्धार जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।