६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको दक्षिणकालीमा महिला र पुरुषको शव फेला



२४ जेठ । काठमाडौंको दक्षिणकालीमा महिला र पुरुषको शव फेला परेको छ ।
काठमाडौं प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका–८ केराबारीको खोंचमा दुई जनाको शव फेला परेको हो ।
शव नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि फेला परेको छ ।
प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो ।
अप्ठ्यारो खोंच भेटिएका शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव निकाल्ने तयारी गरिरहेको छ ।

प्रहरीले मृतक पुरुषको सनाखत हुन नसकेको तर महिला भने चाँगुनारायण नगरपालिका– ५ की ३२ वर्षीया सविना राईको भएको जनाएको छ ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ३ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।