२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुर गोटिखेलका युवक पौडी खेल्ने क्रममा डुबेर मृत्यु



२७ जेठ । दक्षिण ललितपुरस्थित गोटिखेलका एक युवक आज डुबेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार ललितपुरको सातदोबाटोको पौडी पोखरीमा पौडी खेल्न गएका २३ वर्षीय उज्ज्वल श्रेष्ठको मृत्यु भएको हो ।

राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा पौडी खेल्ने क्रममा उनी अचेत भएका थिए । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार पौडी पोखरीमा अचेत भएपछि उनलाई उपचारको लागी बी एण्ड बि अस्पतालमा लगिएको थियो ।
अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । श्रेष्ठ ललितपुरको महांकाल गाउँपालिका–३ का स्थानीय हुन् । उनी ललितपुर स्थित बाफलमा बस्दै आएका थिए ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ४ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।