११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा रडले हानेर महिलाको हत्या, ५७ वर्षीय पुरुष पक्राउ



३० जेठ । काभ्रेमा रडले हानेर एक महिलाको हत्या भएको छ। हत्याको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। यही जेठ २४ गते काभ्रेको तेमाल गाँउपालिका- २ काफल डाँडामा सोही ठाउँकी ५७ वर्षीया साहिली तामाङको शव फेला परेको थियो।

साहिलीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका मानध्वज तामाङलाई पक्राउ गरेको हो। उनले फलामको रडले शरीरका विभिन्न भागमा प्रहार गरेर साहिलीको विभत्स ढंगले हत्या गरेको अनुसन्धनको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

उनको साथबाट फलामको रडसमेत प्रहरीले बरामद गरेको छ। पक्राउपछि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।