१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


७२ जिल्ला फैलियो डेंगु : सबैभन्दा बढी सङ्क्रमण काठमाडौँमा



५ असार । देशका ७२ वटा जिल्लाबाट एक हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र अन्तर्गत किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ यता ७२ जिल्लाबाट एक हजार २४१ जनामा डेंगु पुष्टि भएको जानकारी दिए।

डेंगु सङ्क्रमण सबै भन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ। बागमतीमा प्रदेशमा ४२८, कोशी प्रदेशमा २८५ जनामा पुष्टि भएको छ। त्यसैगरी, मधेश प्रदेशमा ३४, गण्डकी प्रदेशमा १८८, लुम्बिनी प्रदेशमा १४८, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिममा १४० जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिए।

काठमाडौँ र झापामा सबै भन्दा बढी डेंगु पुष्टि भएको छ। काठमाडौँमा १४१, झापामा ११२ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी, चितवनमा ७५, मकवानपुरमा ५९,डोटीमा ४७, तनहुँ ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुङ्गामा ४१, रुपन्देहीमा २८, भक्तपुरमा २७ जनामा डेंगु पुष्टि भएको छ।

प्रकाशित मिति : ६ असार २०८१, बुधबार  ११ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।