११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा दिउँसै चोरी, तीन जना पक्राउ



६ असार । काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने चार जना पक्राउ परेका छन्। प्रहरीले स्याङ्जा फेदीखोला–४ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका वडा नं ७ स्थित बसुन्धरा नमुनाटोलमा डेरा गरि बस्ने पुष्पा भण्डारी उपाध्यायको कोठाबाट चोरी गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको हो।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बैतडीका निराजन महरा, काभ्रेकी मोनिका लामा तथा भारत घर भएका सुजित कर र सेफअलि आलमलाई पक्राउ गरेको हो।

उनीहरूले पुष्पाको घरबाट २५ लाख ४ हजार ९ सय रुपैयाँ बराबरको सुनका गरगहना तथा नगद चोरी गरेका थिए।

त्यस्तै कलंकीका मनिष पौडेलको डेराबाट ल्याप्टप तथा महत्वपूर्ण कागजात समेत चोरी गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०८१, बिहिबार  ४ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।