२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सानागाउँका मेडिकल सञ्चालकविरुद्ध बिरामीलाई बलात्कार गरेको आरोपमा मुद्दा



८ असार । ललितपुरमा क्लिनिक सञ्चालकले उपचार गर्न आएकी बिरामी महिलालाई बलात्कार गरेको आरोपमा मुद्दा दायर भएको छ । ललितपुर महालक्ष्मी नगरपालिका–५ सानागाउँस्थित आफ्नै घरमा उपेन फर्मा (मेडिकल पसल तथा क्लिनिक) सञ्चालन गर्ने ५१ वर्षीय रामगोपाल नेम्कुलविरुद्ध ललितपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको हो।

पीडितले सातदोबाटोस्थित प्रहरी वृत्तमा दिएको जाहेरीका आधारमा गत जेठ १८ गते पक्राउ परेका उनी शुक्रबार (असार ७ गते) मात्र ३ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

जाहेरीमा पीडितले गत वैशाख २ गते बिहान उपचारका लागि जाँदा नेम्कुलले लठ्याउने सुई लगाई आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छन्।

प्रतिवादी नेम्कुलले भने जग्गा कारोबारका क्रममा आफूबाट पैसा असुल्न ती महिलाले आफूविरुद्ध बलात्कारको आरोप लगाएको दाबी गरेका छन्। शुक्रबार उनी धरौटीमा छुटे पनि बलात्कार मुद्दा भने ललितपुर जिल्ला अदालतमा विचाराधीन छ।

 

प्रकाशित मिति : ९ असार २०८१, शनिबार  ११ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।