३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


तपस्वी रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर



काठमाडौं
१० असार । तपस्वी रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।

सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले तपस्वी बम्जनलाई दोषी ठहर गरेको हो ।

अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।
लामोसमयसम्म बाराको जंगलमा तपस्या गरिरहेका रामबहादुर बम्जनका देश विदेशमा धेरै अनुयायी छन् । उनलाई पछिल्लो समय बुद्धको रुपमा आराधना गर्ने अनुयायीहरु बढेका थिए । उनलाई लिटिल बुद्धको रुपमा समेत सम्बोधन गर्ने गरिएको थियो ।

 

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  २ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।