२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गोदावरी सुकुम्बासी बस्तीको भित्री कथा



सनोज महत

गेदावरी कोलाको मुहान नहर क्षेत्रका गुजमुम्म घरहरु छन्। ठूला ठूला व्यवस्थित घरहरु रहेको यो ठाँउ सुकुम्बासी बस्ती हो । अन्य ठाँउजस्तैगोदावरीमा पनि सुकुम्बासीको समस्या छ । यहाँको सुकुम्बासीकोसमस्या भनेभिन्न छ। दासको ईतिहास मालिकसङ्ग र सुकुम्बासीको ईतिहास हुकुमबासिसङ्ग अनिबार्य रुपमा जोडिन्छ । नहर स्थित सुकुम्बासीको इतिहाससङ्ग जोडिएका हुकुमका बादशाह हुन्, इश्वरीमान श्रेष्ठ ।

इश्वरीमान श्रेष्ठ राजा महेन्द्र र बिरेन्द्रका पालाका तिनै चर्चित राज परिषद स्थायी सचिबालयका मुख्यसचिब ( राज बरबारका मुख्य सचिब ) हुन् , जो २०२८ सालमा बन मन्त्रालयका सचिब पनि थिए । (त्यसो त बहु प्रतिभाका धनी यिनी लेखक, साहित्यकार र पत्रकार पनि हुन् ।

राणा काल मै कर्मचारी प्रशासनमा छिरेका यिनको नाममा गोदावरिमा करिबन ४० रोपनी जग्गा थियो। २०१९ सालमा स्थापित राष्ट्रिय बनस्पति उधानलाई सोही जग्गा आफू बन सचिब भएको बखतमा सरकारी मुआब्जा लिइ उनैले उपलब्ध गराए । उक्त जग्गामा जोत कमोत गर्दै आएका मोहिहरुलाई मोहियानी हक बापतको रकम भने नगदमा उपलब्ध गरायो । नगद लिइ जग्गा छाडेका १५ – २० घर परिवार मोहिहरु बे घरबार भए । यसरी बे घरबार भएका सोही १५ – २० घर परिवारले “ पाल टाङ्ने चौर “ मा झुप्राहरु बनाए र सार्बजनिक स्थलमा बस्न शुरु गरे । हाल हर्बेरियम भवन रहेको पुर्बी भागलाई पाल टाङ्ने चौर भनिन्छ । त्यस स्थानको नाम पाल टाङ्ने चौर कसरी रह्यो, त्यो किस्सा पछि गरौंला ।

यसरी राष्ट्रिय बनस्पति उधानलाई जग्गा उपलब्ध गराउने इश्वरीमान श्रेष्ठको निर्णयले २०२८ सालबाट सुकुम्बासी भएका ती १५ – २० घर परिवारलाई अहिले बसोबास भएको नहरमा स्थानान्तरण गर्ने ब्यक्ति , तत्कालीन गोदावरी गाउँपन्चायतका प्रधानपन्च दल बहादुर सिल्वाल हुन् । प्रधानपन्च , दल बहादुर सिल्वालले “ पाल टाङ्ने चौर ” बाट नहरमा सुकुम्बासी स्थानान्तरण गरेबाट नै नहरमा सुकुम्बासीको बसोबास थालिएको स्मरण गर्छन् , पुर्ब गोदावरी गा. बि. स अध्यक्ष , रामचन्द्र आचार्य ।

उद्यान

२०३१ सालमा पहिलो चोटि बसोबास थालिएको नहर क्षेत्रमा यतिबेला १५५ घर धुरिले अस्थायी निस्सा नै पाएका छन् भने सोही बराबरका अब्यवस्थित बसोबासी सो क्षेत्रमा बस्दै आएका छन् । २० घर धुरी , यो ५२ बर्षको बिचमा ३०० घर धुरिमा फैलिएको भने पक्कै होइन । त्यसो भए प्रश्न आउँछ – “ यो अस्वभाविक बस्ती बिस्तार कसरी ? ”

तिनै २० घर धुरिले उनीहरुको आफन्तलाई समेत त्यहीँ ल्याए । र आफन्तले थप आफन्त र छर छिमेकिलाई । आसपासका डाडा काडामा बसोबास गरि रहेका स्थानियलाई पनि आउजाउको सहजताले सोही स्थानमा तान्दै गयो। यसरी नहर क्षेत्र बिस्तारै अब्यवस्थित बसोबासी र सुकुम्बासीको इपि सेन्टरको रुपमा बिकसित हुन पुग्यो ।

भुमी अधिकार आयोग , ललितपुर जिल्ला समितिले मिति २०७९ असार ९ गते गोदावरी नगरपालिकासङ्ग सुकुम्बासीको लगत संकलन , वर्गीकरण र ब्यवस्थापनको लागि सहकार्य गर्ने द्विपक्षीय सम्झौता गरेको देखिन्छ। सम्झौता पश्चात् गोदावरी नगरमा गरिने कार्य र सम्बन्धित वडाहरुले उक्त लगत संकलन , भुमिहिन र अब्यवस्थित बसोबासीको वर्गीकरणमा सम्बन्धित वडाहरुले खेल्नुपर्ने भुमिका आदि बारे अभिमुखिकरण गरेको थियो ।

गोदावरी नगरका १४ वटा वडाहरु मध्ये वडा न. गोदावरी, बडिखेल , देविचौर, डुकुछाप, ठेचो, र ठैवले मात्र तथ्यांक संकलन र वर्गीकरणमा सहभागी भएकोछ । अन्य बाकिका ८ वटा वडाहरु के कति कारणले किन सहभागी भएनन् प्रष्ट छैन । यद्यपी नगरका सबै वडाहरुमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या भने छ । यसरी नगरका ६ वटा वडामा भूमी आयोगले सम्बन्धित सुकुम्बासी र अब्यवस्थित बसोबासीको दरखास्त आव्हान गर्दा शुरुवाती चरणमा ८१ घर भुमिहिन दलित , ३८४ घर भुमिहिन गैर दलित र ४६७ घर अव्यवस्थित बसोबासि गरि जम्मा ९४२ घर परिवारको निबेदन परेकोथियो । त्यसै निबेदनलाई कार्यक्षेत्र मान्दै भुमी आयोगले कार्य प्रारम्भ गर्दा २९ घर दलित परिवार र १८७ घर गैर दलित सुकुम्बासी परिवार गरि जम्मा २१३ घर परिवार सुकुम्बास€ी रहेको तथ्यांक प्रमाणिकरण भयो । वडा रोहबर रहेको र ललितपुर जिल्लाको नापी र मालपोत कार्यलय समेत सदस्य रहेको भुमी आयोगको प्रतिबेदनलाई आधिकारिक मान्दै गोदावरी नगरपालिकाले ती घर परिवारको नाममा अस्थाइ निस्सा जारी गरेकोछ । अस्थाई निस्सा पाएका सुकुम्बासी घर परिवारले चार आना जग्गा आवश्यक प्रक्रिया पु¥याई पाउने ब्यवस्था छ । “अस्थाई निस्सा पाएका सुकुम्बासिले उक्त चार आना जग्गा घर कायम भएको यथा स्थानमा पाउछन् वा सरकारले ब्यवस्थापन गरेको अन्य स्थानमा भन्ने चाहिँ यकिन छैन” – भन्छन् वडा अध्यक्ष राज घिमिरे ।

ललितपुर भुमी आयोगको सोही कार्य र नगरबाट उपलब्ध अस्थायी निस्साको नैतिक र प्रक्रियागत बलमा वडा न. ३ का वडा अध्यक्ष , नगरका मेयर र उप – मेयरले बालेन सरकारलाई चुनौती दिएको ब’झ्न कठीन छैन ।

ललितपुर भुमी आयोग राजनितिक नियुक्तिबाट बनेको , आयोगको अध्यक्ष श्रीगोबिन्द महर्जन ( माओबादी ) र सचिब रमेश घिमिरे ( कांग्रेस ) रहेको साथ साथै गोदावरी नगरमा कांग्रेस – माओबादी गठबन्दन भएकाले आयोगको प्रतिबेदन र अस्थायी निस्सा “ भोटको राजनितिलाई केन्द्रित गरि जारी गरिएको ” आरोप पनि स्थानिय स्तरमा छ।

गोदावरी नगरले अस्थायी निस्सा दिलाएका २१३ घर परिवार मध्य १५५ घर परिवार वडा न. ३ को नहर क्षेत्र मा रहनु र सोही अनुपातका थप अब्यवस्थित बसोबासिको संख्या सोही वडामा रहनुले गोदावरी नगरको सुकुम्बासीको इपि सेन्टर नहर भएको देखिन्छ । नहर स्थित सुकुम्बासी र अव्यवस्थित बसोबासिको मतदाता संख्या वडाको राजनितिक नेतृत्व छनौटमा निर्णायक देखिएकाले नै यतिबेला निर्बाचित स्थानीय तह सुकुम्बासिको सवालमा प्रतिक्रियात्मक र मुखाग्र देखिएको अनुमान लगाउन सकिन्छ।

 

गोदावरी स्थित उधोगहरु नहर स्थित सुकुम्बासी बस्ती बिस्तारको अर्को कारक तत्त्व :

गोदावरी मार्बल उधोगका मजदुर र कामदारहरु सोही उधोग परिसरमा रहेको घर टहरामा रहेका छन् । उनीहरुलाई सुकुम्बासीमा गणना नगरिएको दाबी गर्छन् वडाध्यक्ष सानुराजा घिमिरे ।

२०३३ देखि २०६५ सम्म पुर्ण क्षमतामा चलेको एम सि ग्रुपको यो उधोगमा नियमित तर्फ पाँच सय र सिजनल मजदुर दुई हजारले काम गरेका थिए । दुर दराजबाट ज्याला बुतो गर्न आएका तिनै मजदुर मध्य केही नहर तिरै अल्मलिएको हुन सक्ने सम्भावना छ । त्यसो त हिमालयन ब्रुअरी लगायत थप अन्य ठुला उधोग समेत यहाँ सञ्चालनमा थिए।

सुरेन्द्र शम्सेर ज ब रा , तत्कालिन जर्णेलले नारायणहिटी राजदरबार बनाउन आवश्यक सिङ्घमर्मर झिक्न प्रयोग गरेको खानी कसरी गोदावरी मार्बल उधोगमा परिवर्तित भयो बेग्लै कथा छ ।

आजको दिन नहर क्षेत्र आफैमा मिनि नेपाल जस्तै छ । भौगोलिक रुपमा हिमाल देखि तराइ र पुर्ब देखि पश्चिम सम्मको बासिन्दा भेटिने धेरै जाती समुदाय र जिल्लाबासीहरु भएको स्थान।

त्यहाँ आउने र बस्ने सबैका आ आफ्ना कथा कहानी छन् । रत्नबहादुर बि क उदयपुरबाट २०६५ सालमा गोदावरी नहरमा आइपुगको बताउछन्। आउदा पुर्खौली सम्पत्ती बेचेर ल्याएको पैसाले तीन आना लालपुर्जा भएकै जग्गा किने । उनको कथाव्यथा अलग्गै छ । ऋण लाग्दै र दिन लाग्दै जादा त्यही जग्गा साहुको नाममा धितो पास ( पछि सावा ब्याज तिरेर निखन्ने सर्तमा ) गरेर ९० हजार ऋण काढे। रिनको ब्याज थियो सयकडा पाँच , मकै ब्याज ( एक महिनाको १०० सय रुपैयाँको ५ रुपैयाँ अर्थात् बार्षिक ६०% ) । तिर्न सक्ने कुरै थिएन । धितो पास गरिएको तीन आना जग्गा साहुले नै खायो । नहरको कहरमा परेका उनी नहर मै आएर सुकुम्बासी भए ।

त्यसो त नहर आसपासका थुप्रै बासिन्दाले आफ्नो थात थलो हुँदा हुँदै पनि नहरमा बस्न रमाए । सायद भिरपाखामा बस्नु भन्दा आउजाउ गर्न सहज , बच्चा बच्चालाई बिधालय पठाउन सहज , आदी कारणले उनिहरुलाई नहरले तान्यो । बस्ती बसे सङ्गै बाटो , बिजुली , पानीको सुबिधा पनि पुग्यो । बिस्तार हुँदै गएको बस्तीले समाज निर्माण ग¥यो । मानिसहरु त्यहीँ जन्मे र हुर्के । सालनाल गाडिएको जमिन अब उनीहरुको हो कि होइन ?

भु – मध्य रेखा आसपासबाट बिकसित भएको होमो सेपिएन्स फैलदै र बिस्तार हुँदै जहाँ जहाँ पुग्यो , त्यहीँ त्यहीँ समाज बसायो । कोहि कहिँ अलिक अगाडि आयो । अगाडि आएकोले ठाउँ ओगटेर – “ यो मेरो हो ” भन्यो । र, कब्जा जमायो । अगाडिबाट कब्जा जमाउने र हाल हुकुम ठटाउनेलाई नै राज्य र शक्तिमा भएकाले बैधानिकता दिलाए । उनिहरु स्वबासी र पुर्जावाल जग्गा धनी भए ।
( होमो सेपिएन्सको फोटो )

संयोगले पछाडी आएका , दुर दराजका , दुख पाएका र गरिबहरुको दोष यति नै हो कि यी हामी र हाम्रा पुर्खा भन्दा अलिक पछि , यो ठाउँमा आइपुगे ।

के यति नै कारणले यी र यिनिहरु माथी डोजर चलाइनु जाहेज हो ?

 

भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको बस्तीलाई डोजरले किच्दै आफ्नो कार्यकालको शुरूवात ग¥यो , बालेन सरकारले। बागमती , बिष्णुमती , र हनुमन्तेका हजारौं घर ÷ टहरा केही दिन कै बिच सफाचैट भए। सरकारी प्रती , ऐलानी र सार्बजनिक जमिनमा बसोबास गरेकालाई हट्न ÷ हटाउन र सरकारी सुचिकरणमा ल्याउन देशभरका स्थानिय तहलाई परिपत्र ग¥यो।

oplus_10485760

आकस्मात सरकारले चालेको यो कदमबाट देशभरका स्थानिय तहहरु तिल्मिलाईरहदा , जोड्दार प्रतिरोधको आवाज उठायो गोदावरी नगरले । “ कुनै पनि सुकुम्बासी बस्तिमा डोजर नचल्ने र कसैलाई बिस्थापन नगरिने ” – बचनबद्धता जाहेर गरे मेयर गजेन्द्र महर्जन र उप – मेयर मुना अधिकारिले । उता गोदावरी नगर ३ का वडाध्यक्ष सानुराजा घिमिरे ( राज ) ले आफ्नो सामाजिक सञ्जाल र अन्तरबार्तामार्फत “ सुकुम्बासीको हित रक्षाको लागि आफू मर्न तयार तर सुकुम्बासीको बस्तीमा डोजर चलाउन नदिने ” उदघोष गरे ।
( गोदाअवरी नगर भबन, नगर भवनको इन्सेटमा गजेन्द्र , मुना र राजको फूटो ख्क् कथmदय िको अर्को पट्टि बालेनको फोटो )

 

 

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।