११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्रोत नखुलेको रकम कारोबार गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ



१२ असार । स्रोत नखुलेको अवैध रकम कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१२ ब्रम्ह टोल बस्ने भारत बिहान मोतिहारी घर भएका ३८ वर्षीय निरन्जन कुमारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त टोलस्थित प्रतिक ईन्टरप्राइजेजमा गैरकानूनी रूपमा आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले इन्टरप्राइजेजबाट स्रोत नखुलेको नगद करिब २० लाख ४० हजार रूपैयाँसहित उनलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा कुमारले प्रतिबन्धित भर्चुअल रकम वाइनेन्स मार्फत हालसम्म करिब ६ करोड २६ लाख ६९ हजार ९ सय ४७ रूपैयाँ समेत कारोबार गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।