१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मेयर बालेन्द्र साहले बजेट संशोधन गरेपछि काठमाडौँ महानगरको बजेट पारित



काठमाडौँ
२५ असार । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।
मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम र बजेटलाई पेस गरेको संशोधन गरेर पेश गरेपछि राष्ट्रियसभा गृहमा बसेको आज बसेको १५औँ नगरसभाको पाँचौँ बैठकले पारित गरेको हो ।
बैठकमा नगरसभा सदस्यले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेका हुन् ।
बैठकमा नगरसदस्यले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए । नगरप्रमुख साहले नगरसदस्यको उठाएको विषय र सुझावलाई यथासम्भव समावेश हुने गरी बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले यही असार १० गते आर्थिक वर्ष २०८१÷८२ का लागि रु २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै रु १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कूल बजेटको ६१ दशमलव २० प्रतिशत हो ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि रु तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार र सामाजिक विकास क्षेत्रका लागि रु तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट प्रस्ताव गरिएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु एक अर्ब ८९ करोड २१ लाख र स्थानीय सञ्चित कोषबाट खर्च हुने गरी रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि रु १९ करोड नौ लाख प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ४ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।