१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नेपाली सेनाको जवानले तालिममा उत्कृष्ट बनेपछि पाए खुकुरी पुरस्कार



भक्तपुर
२६ असार । सूर्यविनायकस्थित नेपाली सेनाको श्री इन्द्र बक्स गणमा तालिममा उत्कृष्ट बनेपछि रोजिना कार्कीलाई सहायकरथि धु्रबकुमार कार्कीले पुरस्कार स्वरुप खुकुरी र सम्मान पत्र प्रदान गरेका छन् ।
नौ महिनाको नेपाली सेनाको तालिम सम्पन्न गरेका सिसं ४ का १०१ जना किशोरी आज दीक्षित भएका छन् ।

समारोहमा त्यसैगरि तालिम अबधीभर दौडमा प्रथम हुने गीताकमाुरी खड्का, ड्रिलमा प्रथम हुने प्रतिक्षा भुजेल, फाइरिङ्मा प्रथम हुने इन्द्रकुमारी खड्का र पुष्पाकुमारी बुढा, सञ्चिता नेपालीलाई सम्मान पत्र प्रदान गरे ।
तालिममा श्री इन्द्र बक्स गणका गणपति एवं प्रमुख सेनानी मोहनकुमार थापाले सिंस ४ का १०१ जना किशोरीहरुले तालिम पुरा गरेर आज दीक्षित भएको बताए । उनले अहिलेसम्म गणले सिं. १०१ देखि १०४ सम्म नेपाली सेनाको तालिम पुरा गरेर देशभक्त कर्मठ सेनाहरु तयार पारेको बताउदै नयाँ भर्ना भएका सेनालmाई पनि तालिम दिने तयारीमा रहशेको बताए ।
आज गणमा आयोजित दिक्षान्त समारोहमा नेपाली सेनाको १ नम्बर बाहिणीका बाहिणीपति सहायकरथी धु्रबकुमार कार्कीले समारोहमा तालिम सम्पन्न गरेको सेनाका जवानको कवाज प्रर्दशन निरीक्षण गर्नुका साथै उत्कृष्ठ सेनाका जवानहरुलाई पुरस्कार एवं प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।
नेपाली सेना बलियो भए देश बलियो हुने बताउदै उनले भने, “राष्ट्रको मेरुदण्ड नेपाली सेना हो, सेनाको मेरुदण्ड सिपाही हो । सिपाही बलियो भए सेना बलियो हुन्छ, सेना बलियो भए देश बलियो हुन्छ ।”
नेपाली सेनाको तालिम पुरा गरेर आजबाट पूर्ण रुपमा राष्ट्रको सेवामा लाग्न अग्रसर नेपाली सेना राष्ट्र, जनता र संस्थाप्रति ईमान्दार कर्मठ भएर कार्य र्ग निर्देशन दिदै उनले आफ्नो काँधमा आएको जिम्मेवारी पुरा गर्ने क्रममा देशले माग्दा ज्यानको समेत आहुती दिन सक्ने संकल्प बोकेर अगाडि बढेको बताए ।
भविश्यमा आउने सक्ने कुनै पनि चुनौतीको सामना गर्ने अठोट बोकेर अगाडि बढ्नु पर्नेमा जोड दिदै उनले राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, भौगोलिकताको रक्षाको लागि नेपाली सेना सधै लाग्ने बताए ।

 

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ३ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।