४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भद्रकाली मन्दिरको पुनर्निर्माण सुरु



२७ असार । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनर्निर्माणको कार्य सुरु गरेको छ।

महानगरले दक्षिण पश्चिम भागबाट भद्रकाली परिसरको पुनरुत्थान शुरु गर्ने निर्णय गरे बमोजिम आज उपमेयर सुनिता ढङ्गोलको उपस्थितिमा शिल्यान्यास गरेर पुनर्निर्माणको कार्य सुरु गरिएको हो।

शिल्यान्यास पछि पञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर ढङ्गोलले निर्माण कार्यलाई कुनै किसिमको राजनीतिक हस्तक्षेप र असफल बनाउने काम नगर्न आग्रह गरिन्।

भद्रकाली र परिसर बन्नु काठमाडौं महानगरपालिको एउटा पूर्वाधार बन्नु मात्र नभई सांस्कृतिक, ऐतिहासिक र धार्मिक पक्षलाई जीवित राख्ने कार्य रहेको भन्दै छिटो निर्माण गर्न आवश्यक रहेको बताइन्।

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।