१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फेसबुकमार्फत प्रेम सम्बन्धको बहाना बनाइ ठगी, सिनामंगलबाट युवक पक्राउ



२७ असार । सामाजिक सञ्जाल ‘फेसबुक’मा सडक डिभिजनको इन्जिनियर हुँ भनेर प्रलोभन देखाएर ठगेको आरोपमा पहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

प्रेम तथा विवाहको प्रलोभन देखाएर ठगेको आरोपमा बैतडी घर भएका नरेन्द्र साउदलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

सामाजिक सञ्जालमार्फत महिलाहरूसँग जोडिएर उनले प्रेम र विवाहको प्रलोभन देखाएर रकम ठगेका हुन् । परिवारका सदस्यहरूको ‘फेक आइडी’ समेत बनाएर कुराकानी गरेर उनले पीडितहरूलाई विश्वासमा दिलाएका थिए ।
२७ वर्षीय आचार्यलाई प्रहरीले बुधवार सिनामंगलबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  ४ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।