२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको नयाँ नयाँठिमीमा टिपरको ठक्करपछि मोटरसाइकल चालकको मृत्यु, अर्का युवक घाइते



 

१३ जेठ । भक्तपुरको नयाँ ठिमीमा एक मोटरसाइकललाई टिपरले ठक्कर दिएपछि मोटरसाइकल युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीमा काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फबाट आउँदै गरेको बागमती प्रदेश ४ ख २९०१ नं को टिपरले पछाडिबाट ठक्कर दिएपछि सो दुर्घटना घटेको हो ।
दुर्घटनापछि मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर भई हाल भक्तपुर कमलबिनायक बस्दै आएका २१ वर्षीय सुवास तामाङ गम्भीर घाइते भएका थिए।
उनलाई प्रहरीले उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारको क्रममा उनको मृत्यु थियो ।
मोटरसाइकल पछाडि सवार रहेका काभ्रेको माहाकाल गाउँपालिका वडा नम्बर– ६ घर भई हाल भक्तपुरको कमलबिनायक बस्ने वर्ष २० का संजिव थापा घाइते छन्। उनको मध्यपुर अस्पताल ठिमी अस्पताल भक्तपुरमा उपचार भइरहेको छ।

दुर्घटनापछि टिपर चालक काभ्रेको मण्डनदेउपुर गाउँपालिका–६ का २८ वर्षीय राज कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेकोे प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।