१० मंसिर ०७६,काठमाडौं । बैकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना आज प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको छ ।ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
त्यस्तै उच्च अदालत पाटनको २०७६ असार ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा रु तीन लाख ५० हजार जरिवाना र १० दिन कैद सजाय तोकिएका महर्जन फरार रहेका थिए ।
महर्जनलाई पक्राउपछि कैद तथा जरिवाना असुलीका लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
प्रतिक्रिया